२०८३, कार्तिक २० गते

माओवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने

माओवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।

    सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पार्टीले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    ‘‘आजको बैठकले सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेको छ। अनुमोदनसँगै पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन पनि गरेको छ। हामी यो निर्वाचनमा एक्लै लड्छौं,’ उनले भने ।

    सापकोटाले केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने पनि बताए। ‘केही स्थानीय तहमा तलको कमिटीले गर्नसक्छन्, सत्तारुढ दलबाहेक विपक्षीसँग आवश्यकताको आधारमा हुनसक्छ,’ उनले भने । माओवादी र एकीकृत समाजवादीबीच केही स्थानीय तहमा कार्यगत एकता हुने अनुमान गरिएको छ । मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend