२०८३, कार्तिक १७ गते

  • राजनीति
  • गगन थापाले सभापतिका लागि गरे उम्मेदवारी...

गगन थापाले सभापतिका लागि गरे उम्मेदवारी दर्ता

गगन थापाले सभापतिका लागि गरे उम्मेदवारी दर्ता

मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं, २० असोज । कांग्रेस सभापति गगन थापाले पुन: सोही पदका लागि मनोनयन दर्ता गराएका छन् । थापाले मंगलबार साँझ ६ बजेतिर सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    कांग्रेस नेतृत्वका लागि किशाेरसिंह राठाैर र श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दिएका छन् । राठाैर पूर्वसहमहामन्त्री हुन् । खड्गी काठमाडौं कांग्रेसका क्षेत्रीय नेता हुन् । 

    कांग्रेसको १५औँ महाधिवेशनमा मनोनयन दर्ताको समय सकिएकाे छ। कांग्रेसको २९१ केन्द्रीय कार्यसमितिका लागि एक हजार जति उम्मेदवार मैदानमा खडा हुने देखिएको छ । 

    निर्वाचन समितिका अनुसार हालसम्म महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको संशोधित विधान अनुसार एक महिलासहित तीन महामन्त्री निर्वाचित हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend