२०८३, कार्तिक २० गते

  • राजनीति
  • परराष्ट्रमन्त्री राणा छेन्दुमा, आज चिनियाँ विदेशमन्त्री...

परराष्ट्रमन्त्री राणा छेन्दुमा, आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता हुँदै

परराष्ट्रमन्त्री राणा छेन्दुमा, आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता हुँदै

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनका चिनियाँ समकक्षी वाङ यीबीच औपचारिक भेटवार्ता हुन लागेको छ ।

    दुवैबीच चीनको सिचुआन प्रान्तको राजधानी छन्तुमा औपचारिक हुने छलफलअघि मन्त्री राणाले त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरुसँग छलफल गरेकी छन् ।

    प्रधानमन्त्री केपी ओलीले सोमबारदेखि गर्न लागेको चीन भ्रमणको एजेन्ढडालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री राणा बिहीबार चीन गएकी हुन् ।

    परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार आगामी वर्ष चीनले आयोजना गर्न लागेको नेपाल भ्रमण वर्ष २०२५ र चीनसँगको कूूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम गर्न सकिने महावाणिज्यदूतको भनाइ छ । नेपालमा धेरै चिनियाँ पर्यटक भित्र्याउन र चीनमा नेपाली चिया, कफी, जडिबुटी र खाद्य वस्तु निर्यात गर्न सकिनेबारे पनि छलफलमा चर्चा भएको उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend