२०८३, कार्तिक २० गते

  • खेलकुद
  • आईपीएलको खेल तालिका सार्वजनिक, कसले कोसँग...

आईपीएलको खेल तालिका सार्वजनिक, कसले कोसँग कहिले खेल्दैछन् ?

आईपीएलको खेल तालिका सार्वजनिक, कसले कोसँग कहिले खेल्दैछन् ?

सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मार्च २२ देखि सुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्डले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।

    पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।
    मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्जाब किङ्स र गुजरात टाइटन्सले आ–आफ्नो पहिलो खेल खेल्ने छन् ।

    फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गत संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend