२०८३, कार्तिक २० गते

मेलिना राई र रामजी खाँडको स्वरमा आयो कस्तुप पन्तको ‘किन हो र तरक्क’

मेलिना राई र रामजी खाँडको स्वरमा आयो कस्तुप पन्तको ‘किन हो र तरक्क’

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौंँ । चर्चित गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन हो र तरक्क’ सार्वजनिक गरिएको छ । मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।

    गीतमाथि आकर्षक म्युजिक भिडियोसमेत निर्माण भएको छ । थुप्रै कोरस प्रयोग गरेर तामझामसहित निर्माण भएको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ ।

    भिडियोको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका हुन् । लामिछानेले भिडियोमा सुधिर र सञ्चितालाई डान्सिङ जोडीको रुपमा प्रस्तुत गरेका छन् । भिडियोले गीत सिंगार्ने काम गरेको छ ।

    मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend