२०८३, कार्तिक २० गते

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी

शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमबारे माओवादीले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को सहायता कटौती गर्न थालेपछि नेपालका विकास परियोजना अवरुद्ध हुने खतरा देखिएको छ । युएसएआइडी सहयोग र एमसिसी परियोजना रोकिएको विषयमा माओवादीले आफ्नो कित्ता स्पष्ट पार्ने भएको छ ।

    साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend