२०८३, कार्तिक २० गते

‘होस्टेल ३’ समेटिएको छ छात्राबासको जीवन

‘होस्टेल ३’ समेटिएको छ छात्राबासको जीवन

शनिवार, फाल्गुण १० २०८१
शनिवार, फाल्गुण १० २०८१
  • काठमाडौँ । चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ । यसको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै निर्देशक सशान कँडेलले विद्यार्थी जीवनको विभिन्न पाटोलाई चलचित्रमा प्रस्तुत गरेको बताए । 

    ‘विद्यार्थी जीवनमा छात्राबासमा बस्नेले त्यही छुट्टै परिवार बनाउनुहुन्छ, त्यहाँको जीवन र भोगाइलाई समाज र अभिभावकले बुझ्न नसकेको गुनासो विद्यार्थीको हुने गर्छ, त्यसकारण यो अभिभावक र विद्यार्थी दुवैको कथा र व्यथालाई प्रस्तुत गरिएको छ, यसले दुवै पक्षको परिस्थितिलाई उजागर गर्छ,’ उनले भने ।

    निर्देशक कँडेलले ‘होस्टेल’ र ‘होस्टेल २’ पछि शृङ्खलाकै रुपमा ‘होस्टेल ३’ निर्माण गरिए पनि परिवेश र घटनाक्रम नयाँ रहेको बताए । चलचित्रमा पारसबम ठकुरी, सिम्रन पन्त, आशीष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायत कलाकारले अभिनय गरेका छन् । 

    नवअभिनेता ठकुरीले आफ्ना लागि चलचित्रमा अभिनय र अभिनय सपना झैँ भएको बताए । ‘मैले यो यात्राका बारेमा सोचेको थिइनँ, तर अहिले अभिनय थालेको छु, मैले बुझेको र मलाई सिकाइएको अनुसार आफ्नो पात्रलाई निर्वाह गर्ने कोसिस गरेको छु, यो चलचित्रममा काम गर्दा उस्तै उमेर समूहका भएर हुनसक्छ, हामी साथी बनेका छौँ, होस्टेल जीवन र त्यहाँको यथार्थलाई बुझ्न मद्दत पुगेको छ,’ उनले भने ।
    चलचित्रमा माधव शर्माले लेखन, अर्जुन तिवारीले छायाङ्कन निर्देशन, विकास दाहालले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend