२०८३, कार्तिक २० गते

  • मनोरन्जन
  • केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को...

केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ आजबाट

केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ आजबाट

बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । हास्य कलाकार केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ ।

    बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो। केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो चलचित्र हो ।

    चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ। आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर कथा लेखिएको छ । 

    चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend