२०८३, कार्तिक १७ गते

नेपालमा हरेक महिना बढ्दैछ रेमिट्यान्स, ३३ प्रतिशतले वृृद्धि

नेपालमा हरेक महिना बढ्दैछ रेमिट्यान्स, ३३ प्रतिशतले वृृद्धि

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं । नेपालमा पछिल्लो समय रेमिट्यान्स भित्रिने दर बढेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ। 

    नेपाल राष्ट्र बैँकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ राजस्व भित्रिएको हो। गत आवको सोही अवधिमा दुई खर्ब ६४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो।

    २०८२ भदौ महिनामा मात्रै रेमिट्यान्स एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स एक खर्ब २७ अर्ब ९९ करोड थियो ।

    यी दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend