२०८३, कार्तिक १७ गते

  • समाचार
  • हरिसिद्धिमा रेडक्रसको दुई दिने प्राथमिक उपचार...

हरिसिद्धिमा रेडक्रसको दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न

हरिसिद्धिमा रेडक्रसको दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • ललितपुर । नेपाल रेडक्रस सोसाइटीले ललितपुरको हरिसिद्धिमा दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।

    रेडक्रस सोसाइटी हरिसिद्धि उपशाखाको आयोजना तथा ललितपुर महानगरपालिका–२९ को सहयोगमा शुक्रबार र शनिबार तालिम आयोजना गरिएको हो ।

    तालिममा हरिसिद्धि उपशाखाका आजीवन सदस्यहरू, वडा नम्बर २९ का महिला समूहहरू, युवायुवतीहरू, विभिन्न क्लबका सदस्यहरू तथा स्काउटहरूको सहभागिता थियो। तालिमको उद्देश्य समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

    तालिममा नेपाल रेडक्रस सोसाइटी, ललितपुर जिल्ला शाखाका प्रशिक्षकहरूले सहजीकरण गर्दै घाइतेको प्राथमिक उपचार, रक्तश्राव नियन्त्रण, जलन तथा चोटपटकको व्यवस्थापन, कृत्रिम श्वासप्रश्वासलगायतका विषयमा प्रशिक्षण दिएका थिए।

    दुई दिनसम्म सञ्चालन भएको तालिमले सहभागीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्ने क्षमता विकास गरेको विश्वास लिइएको छ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। 

    red (1).jpeg
    undefined

    red (2).jpeg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend