काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार सात सय रुपैयाँ घटेको सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी तोलाको एक हजार नौसय ७० रुपैयाँमा किनबेच भइरहेको छ।