२०८३, कार्तिक १७ गते

ब्राजिलका विद्यालयमा अब स्मार्ट फोन प्रतिबन्ध

ब्राजिलका विद्यालयमा अब स्मार्ट फोन प्रतिबन्ध

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • काठमाडौं । ब्राजिल सरकारले विद्यालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागू भएको छ । 

    तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपांगता भएका र फरक क्षमताका विद्यार्थीहरूलाई भने यो नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।

    शिक्षामन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन भने हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कुलमा स्मार्टफोनको प्रतिबन्धले अभिभावकलाई अब सजिलो बनाउनेछ।’

    सन २०२३ सम्ममा ब्राजिलका दुई तिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए । जबकि २८ प्रतिशतले यसअघि नै पूर्ण रूपमा प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टियरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो । अब सरकारले नै पूर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर बिधालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend