२०८३, कार्तिक १९ गते

  • समाचार
  • रवीन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन...

रवीन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवीन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • काठमाडौं । शुक्रबार तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रलगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

    प्रहरीले आइतबार मिश्र र राणालाई राज्यविरुद्धकाे कसुर र संगठित अपराधमा मुद्दा चलाउन पाउँ भनी म्याद थपका लागि अनुमति मागेकोमा अदालतले म्याद थप गरेको हो । प्रहरीले राणा र मिश्रसहित ११ जनालाई राज्यविरुद्धकाे कसुर र संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन तयार पार्दैछ ।

    पक्राउ परेका ४४ जनासविरुद्ध संगठित अपराध तथा उपद्रव र आगजनी मुद्दामा अनुसन्धान हुँदैछ । मिश्र र राणाले शुक्रबारको आन्दोलनलाई उत्तेजित बनाउन सडकमा बसेर आह्वान गरेका थिए ।

    यता राप्रपाले भने मिश्र र राणालाई पक्राउ गरेको विरोधमा आइतबार साँझ काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा मसाल जुलुस निकालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend