२०८३, कार्तिक १७ गते

  • समाचार
  • रुविको हत्या आरोपी लक्ष्मण पासवानको पनि...

रुविको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु, अब के हुन्छ अनुसन्धान ?

रुविको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु, अब के हुन्छ अनुसन्धान ?

बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । रौतहटकी २६ वर्षीया रुविकुमारी साहका हत्या गरेको स्वीकारेका लक्ष्मण पासवानको मृत्यु भएको छ।

    बुधवार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले उपचारका क्रममा पासवानको मृत्यु भएको जानकारी दिए ।
    पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

    गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुविको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो । पासवानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफूले रुविको हत्या गरेको स्वीकार्दै त्यसमा रुविको आमा मुख्य दोषी भएको बताएका थिए । तर अब मुख्य आरोपीकै मृत्यु भएपछि यो हत्याकाण्ड त्यत्तिकै ढिसमिस हुने भएको छ ।

    लक्ष्मणले आफ्नो छातीमा रुविको ट्याटु र हातमा माई हर्ट रुवि भनेर ट्याटु खोपाएका थिए । उनले आफूहरूले पहिल्यै सर्लाही जिल्ला अदालतमा कानुनी विवाह गरे पनि परिवारले मान्यता नदिई भारतमा रुविको बिहे गरिदिएको भिडियोमा उल्लेख गरेका छन् । रुवि चार वर्षीय छोरालाई पढाउन गौरमा कोठा लिएर बस्दै आएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend