२०८३, कार्तिक २० गते

  • समाचार
  • परराष्ट्रमन्त्री राणा र एमसिसी प्रमुख अलब्राइटबीच...

परराष्ट्रमन्त्री राणा र एमसिसी प्रमुख अलब्राइटबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र एमसिसी प्रमुख अलब्राइटबीच भेटवार्ता

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ ।

    नेपाली दूतावासमा भएको भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली दूतवासले जनाएको छ ।

    एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend