काठमाडौं, ५ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । सोमबार बिहान उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी हुन् ।
भण्डारी सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक प्रस्थान गरेकी हुन् । उनको भ्रमणको उद्देश्यबारे केही सार्वजनिक भएको छैन । उनका साथमा छाेरी उषाकिरण र नातिनी रहेका छन् ।
राष्ट्रपतिको सात वर्षे कार्यकाल बिताएर घर फर्केकी भण्डारी पहिलोपल्ट निजी कामका लागि विदेश भ्रमणमा निस्किएकी हुन् । एमालेको सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका बेला भण्डारीको विेदेश भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
भण्डारीले आफू अहिले पनि राजनीतिमा सक्रिय भएको बताउँदै आएकी छन् । एमालेमा केपी ओलीपछि भण्डारीले पार्टीको नेतृत्व गर्ने धेरैले अनुमान गरेका छन् । सोहीअनुसार अहिले एमालेका आधा नेता कार्यकर्ता भण्डारीको पछि लाग्न थालेका छन् ।