२०८३, कार्तिक २० गते

  • समाचार
  • केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष...

केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१

  • काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । कलेजले बिहीबार सूचना प्रकाशित गर्दै लम्सालकाे नाममा छात्रवृत्ति स्थापनाकाे निर्णय गरेकाे हाे ।

    प्रकृति आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ ।

    केआइआइटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन् । केआइआइटी नेतृत्वले प्रकृतिका बुबा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ ।

    प्रकृतिको न्यायका लागि नेपालीसहित भारती विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआइआइटी कलेज झुक्न बाध्य भएको हो । प्रकृतिको शव फेला परेपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो ।

    केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तीको बारेमा कुराकानी गरेकी छन् ।

    बुधबार कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तहरुसँग जुम मिटिङ गरेको थियो । त्यसपछि नेपाल आइपुगेका र भारतकै विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् । बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए । कलेजेको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए ।

    prees.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend