२०८३, कार्तिक २० गते

  • समाचार
  • द आर्ट अफ लिभिङमा भव्य भयो...

द आर्ट अफ लिभिङमा भव्य भयो ‘महाशिवरात्रि उत्सव’

द आर्ट अफ लिभिङमा भव्य भयो ‘महाशिवरात्रि उत्सव’

बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । द आर्ट अफ लिभिङ नेपालमा ‘महाशिवरात्रि उत्सव’ धूमधामका साथ मनाइएको छ । बुधबार शंखमूलस्थित योगपार्कमा आयोजित उत्सवमा आठ सयभन्दा बढी श्रद्धालुहरूको उपस्थिति थियो ।

    उत्सवमा भक्तिभाव, साधना, संगीत र सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो । महाशिवरात्रि उत्सवमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, वडा नम्बर ३१ की वडा सदस्य हुमादेवी आचार्यको उपस्थिति थियो ।
    कार्यक्रममा महादेवको कृपा प्राप्त गर्न वैदिक विधिअनुसार रुद्र पूजा गरिएको थियो । जसले उपस्थित भक्तजनहरूलाई शान्ति, सकारात्मक ऊर्जा र आध्यात्मिक जागरण प्रदान गरेको द आर्ट अफ लिभिङले जनाएको छ । साथै, रुद्र होम (यज्ञ) आयोजना गरिएको थियो ।

    art of living (1).jpeg
    undefined

    उत्सवमा संगीत र ध्यानको संगम रहेको सत्संग कार्यक्रम अत्यन्त भक्तिमय बनेको भक्तजनहरूले बताए । सो क्रममा भजन, कीर्तन, आध्यात्मिक कुराकानी गरिएको थियो । यस्तै, शास्त्रीय नृत्य भरत नाट्यममार्फत शिव भगवानको महिमा गाइयो । कार्यक्रममा आर्ट अफ लिभिङका स्वयंसेवकले परम्परागत नेवारी नृत्य प्रस्तुत गरेका थिए । नेवारी संस्कृति झल्काउने धिमे बाजाको धुनले वातावरणलाई अझ उत्साहजनक बनाएको थियो । 

    art of living (6).jpeg
    undefined

    महाशिवरात्रिको भव्य समारोहले भक्तजनहरूलाई आध्यात्मिक रूपमा समृद्ध बनाएको र शिव भगवानको साधना, संगीत र नृत्यको संगम रहेको उत्सवले सबैलाई आनन्दित र ऊर्जावान बनाएको अनुभूति गराएको आर्ट अफ लिभिङका उद्धव मडैले जानकारी दिए ।

    art of living (5).jpeg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend